नेपाल बार एसाेसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको मागसहितको न्यायालय शुद्धीकरण र सुदृढीकरणको लागि गर्दै आएको आन्दोलन फागुन १ गतेदेखि पुनः भौतिक रूपमा सञ्चालन गर्ने भएको छ । बारले कोरोना भाइरसका कारण भर्चुअल माध्यमबाट विरोधका कार्यक्रमहरू गर्दै आइरहेको थियो ।
नेपाल बार एसाेसिएसनका महासचिव लीलामणि पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै फागुन १ गतेदेखि निरन्तर रूपमा बिहान ११ बजेदेखि १२ बजेसम्म सर्वोच्च अदालतमा आन्दोलनको कार्यक्रम गर्ने जानकारी दिएका हुन् । बार विगत १०५ दिनदेखि आन्दोलनमा छ ।
हेर्नुहाेस् विज्ञप्ति :