मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २९ शनिबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २९ शनिबार १५:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीनै तहको निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : शिक्षामन्त्री पौडेल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २९ शनिबार १५:५६:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तीन वटै तहको निर्वाचन सम्पन्न नहुन्जेलसम्म सत्तारुढ गठबन्धन कायमै रहने बताएका छन्। माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेगरी गठबन्धनले आफ्नो कार्यसूचिलाई अघि बढाएको पनि बताए।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्ने बताए।

‘अहिलेकै गठबन्धनले तीन वटै तहको निर्वाचन कम्प्लिट गर्छ। र, यही गठबन्धनले एक वर्षभित्रमा सबै चुनावहरु गरेर स्थानीय तहको सरकार, प्रदेश तहको सरकार र संघीय सरकार निर्वाचनको प्रक्रियाबाट नयाँ नबन्दासम्म सकुशल निर्वाचन गर्ने गरी यो गठबन्धनले आफ्नो कार्यसूचि अघि बढाएको छ। स्थानीय तहको निर्वाचन एकैपटक गर्ने घोषणा भईसकेको छ। अव सर्वोच्च अदालतले गरेको फैसलाको आधारमा संघ र प्रदेशको निर्वाचनको मिति पनि स्थानीय तहको निर्वाचन सम्पन्न हुनेवित्तिकै घोषणा हुन्छ,’ मन्त्री पौडेलले भने।

मन्त्री पौडेलले माओवादी केन्द्रले सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान चाहेको र गठबन्धन दलका शिर्ष नेताहरुबीच पनि सोही सहमती भएको बताए। उनले एमसीसी सम्झौता राष्ट्रिय सहमतिको आधारमा मात्रै अघि बढ्ने पनि प्रष्ट पारेका छन्।