१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २९ शनिबार
  • Wednesday, 03 July, 2024
२o७८ माघ २९ शनिबार ११:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २९ शनिबार ११:१५:oo

सर्लाही प्रहरीले सवारी ज्यान मुद्दामा फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ। सवारी ज्यान मुद्दामा फरार रहेका हरिवन नगरपालिका–८ निवासी ३० वर्षका सुरज भनिने चुडाबहादुर राईलाई प्रहरीले १० महिनापछि पक्राउ गरेको हो।

पक्राउ परेका राईमाथि जिल्ला अदालत सर्लाहीले २०७७ साल चैत ९ गते सवारी ज्यान मुद्दामा दुई महिना कैद र २ हजार जरिवाना फैसला गरेको थियो। प्रहरीको गस्ती टोलीले राईलाई घरनजिकैबाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक माधवप्रसाद बुढाथोकीले जनाकारी दिए। पक्राउ परेका राईलाई नियमअनुसार कैद र जरिवाना असुलउपरका लागि जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

ad
ad
ad
ad