१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २८ शुक्रबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २८ शुक्रबार १५:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संस्थानले तोकेको दूधको मूल्य निजी डेरीले नमान्ने, प्रतिलिटर मूल्य ८६ रुपैयाँ बनाउने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २८ शुक्रबार १५:१६:oo

नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले दुग्ध विकास संस्थान (डिडिसी)ले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई संघले डिडिसीले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले डिडिसीले आफैँ सम्मिलित भएर गरेको निर्णयलाई लत्याएका भन्दै अब आफ्नो ढंगबाट अघि बढ्ने बताए। उनले अबका दिनमा आफूहरू डिडिसी सँगसँगै जान नसक्ने र किसानलाई संस्थानको भन्दा दुई रुपैयाँ बढी दिने र उपभोक्तासँग १० रुपैयाँ बढी लिने बताए।  नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ बनाउने निणर्य गरेको अध्यक्ष सापकोटाले बताए।

त्यस्तै व्यवसायी सुमित केडियाले दुग्ध विकास संस्थानलाई मानेर अघि बढे पनि पछिल्लो निर्णयलाई स्विकार्न नसकिने बताए। उनले संस्थानको पछिल्लो निर्णय व्यावहारिक नभएको भन्दै यो दुग्ध क्षेत्रका लागि राम्रो नभएको बताए।

दुग्ध विकास संस्थानले केही दिनअघि मात्रै शुक्रबारबाट लागू हुने गरी कच्चा दूधको मूल्य नाै रुपैयाँ वृद्धि गरेको थियो। तर, नेपाल डेरी एसाेसिएसन र डेरी उद्योग संघले भने आगामी फागुन १ गतेदेखि लागू हुने गरी कच्चा दूधको न्यूनतम मूल्य ५३ रुपैयाँ ४५ पैसाबाट वृद्धि गरी ६२ रुपैयाँ कायम गरेको छ भने दूरीको अन्तरको आधारमा अन्तिम क्षेत्र र जिल्लाको मूल्य निर्धारण गर्ने बताएको छ।

ad
ad
ad
ad