१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २७ बिहीबार
  • Wednesday, 26 June, 2024
२o७८ माघ २७ बिहीबार १६:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सांसद बानियाँविरुद्ध बलात्कार आरोपको उजुरी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २७ बिहीबार १६:४o:oo

जिल्ला प्रहरी कार्यालय बाँकेमा नेकपा एमालेका सांसद ५७ वर्षीय मोहन बानियाँविरुद्ध बिहीबार बलात्कार मुद्दा दर्ता भएको छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा २४ माघमा उजुरी दिएकी थिइन् । सांसद बानियाँको बलात्कार मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं. ३७२ मा दर्ता भएको छ ।

उक्त महिलाले नेपालगन्जस्थित अप्सरा होटेलमा बोलाएर सांसद बानियाँले बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन् । यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेले बहालवाला सांसदको हकमा सभामुखबाट अनुमति लिनुपर्ने भएको भन्दै मुद्दा दर्ता गर्न मानेको थिएन ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले सांसद बानियाँविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ता भएको बताए । उनले भने, ‘सांसदविरुद्धको मुद्दा दर्ता भइसक्यो । अब अनुसन्धान अघि बढ्छ ।’

जाहेरी दिएको चार दिनपछि मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता नभएको बारे चौतफी दबाब सिर्जना भएपछि जिप्रका बाँकेले मुद्दा दर्ता गरेको हो । पीडित महिलाले सांसद बानियाँलाई तत्काल निलम्बन गरेर अनुसन्धान कार्य अघि बढाउनका लागि माग गरेकी छिन् ।
पीडित महिलाले भनिन्, ‘मलाई सांसद बानियाँविरुद्ध मुद्दा दर्ता भएको खबर प्राप्त भएको छ । डिएसपीले मुद्दा दर्ता भइसक्यो, दर्ता नम्बर लिन आउनुहोस् भनेर फोन गर्नुभएको छ ।’

उजुरीमा ती महिलाले माघ १९ गते बिहान ५ बजे बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२ स्थित अप्सरा होटेलको कोठा नम्बर २१५ मा बलात्कार गरेको जनाएकी छिन् । सांसद बानियाँले ०७६ मंसिरमा सामूहिक रूपमा व्यापार गर्ने भन्दै पीडित महिलाबाट २५ लाख रुपैयाँ लिएको महिलाको दाबी छ । सोही रकम फिर्ता गर्न भनी बानियाँले होटेलमा बोलाएर आफूलाई जबर्जस्ती करणी गरेको महिलाको आरोप छ । उजुरीमा सांसद बानियाँलाई अनुसन्धानको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न माग गरिएको छ । पीडित महिलाको स्वास्थ्य जाँच भइसकेको प्रहरीले जनाएको छ ।
 

ad
ad
ad
ad