मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २७ बिहीबार
  • Wednesday, 12 March, 2025
गगन अयडी बाजुरा
२o७८ माघ २७ बिहीबार १३:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्मचारीको लापरबाहीले बाजुरामा सेवाग्राहीले पाएनन् इन्टरनेट सेवा

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o७८ माघ २७ बिहीबार १३:२८:oo

नेपाल टेलिकम बाजुराका कर्मचारीहरूको लापरबाहीका कारण बाजुराका स्थानीय इन्टरनेट सेवाबाट बन्चित भएका छन्। एक सातादेखि जिल्ला सदरमुकाम मार्तडीमा इन्टरनेट सेवा राम्रोसँग सुचारु नहुँदा सेवाग्राही निकै मर्कामा परेका छन्।

इन्टरनेट सेवा दिनुको साटो कर्मचारीले विभिन्न बहाना बनाउँदा दैनिक प्रशासनिकसहित अन्य काममा असर परेको स्थानीयवासीको गुनासो छ। पत्रकार महासंघ बाजुरा अध्यक्ष छक्क मल्लले सदरमुकामा समेत इन्टरनेट सेवा राम्रोसँग नचल्नु निकै दुःखको कुरा रहेको बताए । इन्टरनेट नहुँदा लगभग सबै पेसामा समस्या हुने भएकाले सम्बन्धित निकायको यसमा यथाशीघ्र ध्यान जान जरुरी रहेको बताए।

इन्टरनेट सेवा राम्रोसँग नचलेको गुनासो गर्दा टेलिकम कार्यालय बाजुराका प्राविधिक  द्वारिका महतले आफ्नो जिम्मेवारी नभएको भन्दै आन्दोलन गर्नुहोस् भन्ने प्रतिक्रिया दिने गरेका स्थानीयहरू बताउँछन्। जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नहुँदा बुढीनन्दा जगन्नाथ, स्वामीकार्तिक हिमाली गाउँपालिलगायतका क्षेत्रका सेवाग्राही मर्कामा परेका छन्। पानी पर्दा होस् वा हिउँ पर्दा, नेटवर्क नभएर गाउँबाट टाढा गएका छोराछोरीलाई खबर गर्नुपरे अग्ला डाँडा चढ्नुपर्ने बाध्यता रहेको स्थानीय धनबहादुर बोहोराले बताए।

पोरख लेकको रिपिटर टावरमा हिउँ जमेकाले समस्या देखिएको टेलिकमको बाजुरा कार्यालयले जनाएको छ। नेपाल टेलिकम सुदूरपश्चिम प्रदेशिक निर्देशनालय अत्तरियाका प्रमुख नामकर न्यौपानेले विद्युत् सेवा नभएको र चिसोमा सोलार ब्याट्रीले काम नगर्ने भएकाले नेटवर्कमा समस्या आएको बताए। तर, सदरमुकाम मार्तडीमा भने इन्टरनेट सेवा सञ्चालनका लागि चार–पाँचजना प्राविधिक राखेको र उनीहरूले आवश्यक पर्दा इन्टरनेट अवरुद्ध हुनासाथ जतिवेला पनि ठीक गर्नुपर्ने बताए। उनले त्यसो भने पनि प्राविधिकहरूले लापरबाही गर्दै आएका छन्।