१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २५ मंगलबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २५ मंगलबार १७:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक १६ अंकले गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २५ मंगलबार १७:o४:oo

सेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार गिरावट आएको छ। नेप्से १६.३० अंकले घटेर दुई हजार ८३५.५८ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.८२ अंकले घटेको छ।

मंगलबार कारोबारमा आएका २३० कम्पनीको एक करोड २० लाख ५३ हजार कित्ता सेयर ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। सोमबारको तुलनाका नेप्से परिसूचक गिरावट आए पनि कारोबार रकममा भने सामान्य वृद्धि भएको छ। सोमबार ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँबराबरको कारोबार भएको थियो।

आज १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचकमा गिरावट आएको छ। म्युचुअल फन्ड उपसमूहको परिसूचक ०.४७ प्रतिशत, निर्जीवन बिमाको ०.४३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३८ प्रतिशत, होटेल तथा पर्यटन ०.१२ प्रतिशत र व्यापार उपसमूह ०.०९ प्रतिशतले बढेको छ। यता जलविद्युत् तथा लगानी उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५४ प्रतिशतले घटेको छ। आज जीवन बिमा १.०७ प्रतिशत, विकास बैंक १.०२ प्रतिशत, लघुवित्त ०.६५ प्रतिशतले घटेको छ।

ad
ad
ad
ad