१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २५ मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २५ मंगलबार o६:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मन्त्रिपरिषद् बैठक : राष्ट्रपति चुरे विकास समितिका पदाधिकारी बर्खास्तीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २५ मंगलबार o६:५३:oo

सरकारले राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समितिका अध्यक्षसहित पाँचैजना पदाधिकारीलाई बर्खास्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पेस भएको ‘सफाइ सन्तोषजनक नभएको’ भन्दै मन्त्रिपरिषद्को सोमबारको बैठकले अध्यक्ष किरण पौडेल तथा सदस्यहरू कमला ओली सिवाकोटी, शशिकुमार शर्मा, सुस्मिता ढकाल र भेषराज आचार्यलाई बर्खास्त गर्ने निर्णय गरेको हो । 

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले ३० पुसमा मन्त्रिपरिषद्बाटै निर्णय गराएर चुरेका पदाधिकारीसँग ५ माघमा लिखित स्पष्टीकरण सोधेका थिए । तर, उनीहरूले पत्र नै नबुझेपछि वन मन्त्रालयले पाँच दिनको म्याद दिएर ६ माघमा सफाइ पेस गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।

पौडेलसहित पदाधिकारीले माघ दोस्रो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सफाइ पेस गरेर वन मन्त्रालयमा बोधार्थ पठाएका थिए । तर, वनमन्त्री यादवले बर्खास्तीको प्रस्ताव लगेपछि मन्त्रिपरिषद्बाट निर्णय भएको हो । तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले तत्कालीन अध्यक्ष पौडेल र चार सदस्यलाई २३ चैत ०७७ मा नियुक्त गरेको थियो ।

स्वास्थ्यमा एक सचिव थपियो 
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुईजना सचिव राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयमा जनसंख्या हेर्ने गरी प्रशासनतर्फका एकजना सचिव पठाउने निर्णय गरेको हो । 

स्वास्थ्य मन्त्रालयमा हाल स्वास्थ्य सेवातर्फ डा. रोशन पोखरेल सचिव छन् । जनसंख्यामा खाली छ । स्रोतका अनुसार प्रशासनतर्फ प्रधानमन्त्री कार्यालयका एकजना सचिव पठाउने निर्णय भएको छ । प्रधानमन्त्री कार्यालयमा धेरै सचिव फाजिलमा परेपछि सरकारले स्वास्थ्यमा एकजना पठाउने निर्णय गरेको हो । 

ad
ad
ad
ad