मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २४ सोमबार
  • Wednesday, 18 December, 2024
२o७८ माघ २४ सोमबार १७:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २४ सोमबार १७:५४:oo

सुत्केरी भएपश्चात् स्वास्थ्यमा थप समस्या भएपछि बाग्लुङको बडिगाड गाउँपालिकाकी एक महिलालाई हेलिकाेप्टरमार्फत थप उपचारका लागि उद्धार गरिएको छ । बडिगाड गाउँपालिका–३ सिसाखानीकी २६ वर्षीया सीता सामलालाई सोमबार हेलिकोप्टरमार्फत पोखरा पठाइएको हो । 

आइतबार नै सुत्केरी भएपछि दगान्तुडाँडा स्वास्थ्यचौकीमा उपचार गराइए पनि स्वास्थ्यमा थप सुधार नआएपछि सामलालाई हेलिकोप्टरबाट पोखरा पठाइएको उपचारमा संलग्न अनमी राधा गिरीले जानकारी दिइन् । ‘हामीले उहाँको उपचारका लागि सबै प्रक्रिया अपनायौँ तर स्वास्थ्यमा झनै जटिलता बढ्दै गएपछि थप उपचारका लागि पोखरा पठाइएको हो,’  अनमी गिरीले भनिन् । 

सोमबार दिउँसो १२ बजे हेलिकाेप्टरमार्फत सुत्केरी महिलालाई पोखरा पठाइएको स्वास्थ्य कार्यालय बाग्लुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरले जानकारी दिए । यस क्षेत्रमा हिउँ परेका कारण मोबाइलको नेटवर्क नभएको र यातायातमा पनि समस्या रहेका कारण उपचारका लागि समस्या भएको थियो । बडिगाड गाउँपालिका र स्वास्थ्य कार्यालय बाग्लुङको पहलमा प्रदेश स्वास्थ्य निर्देशनालय पोखराको सहयोगमा सुत्केरी महिलालाई उद्धार गरिएको हो ।