१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १७:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खेलकुद महासंघले ‘मेची–महाकाली खेल जागरण अभियान’ सुरु गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:o३:oo

नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले कोभिडका कारण रोकिएको ‘मेची–महाकाली खेल जागरण अभियान’ सुरु गर्ने भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रोकिएको अभियान सुरु गर्ने जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका संयोजक कृष्ण (पर्शुराम) बस्नेतले आइतबार बसेको महासंघको सातौँ केन्द्रीय पदाधिकारी बैठकले तीव्र गतिमा आफ्ना मातहतका सबै तहका अधिवेशनहरू सम्पन्न गर्ने निर्णय गरेको बताए। उनले खेलकुद महासंघको सदस्यता लिएका खेलाडी तथा खेल प्राविधिकहरूको खेलकै क्रममा दुर्घटना भई घाइते भएमा उपचारार्थ सहजीकरण गर्ने, अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई मेडल प्राप्त गर्ने खेलाडी तथा टिमलाई प्रोत्साहन गर्ने, बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा प्रथम हुन सफल नेपाली महिला टिमलाई आगामी फागुन ७ गते नगदसहित सम्मान गर्ने पनि निर्णय गरेको जानकारी दिए।

महासंघले राष्ट्रिय खेलकुद परिषदमा देखिएको अन्याेलताका कारण आमखेलकुद जगत नै सुस्ताएको भन्दै तत्काल समस्या समाधान गर्न सरकार तथा न्यायालयको ध्यानाकर्षणसमेत गराएको छ।

ad
ad