मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २१ शुक्रबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ २१ शुक्रबार १८:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भरपर्दो सुरक्षा व्यवस्था गर्न रक्षा मन्त्रालयमातहतका सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ २१ शुक्रबार १८:oo:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षाको भरपर्दो व्यवस्था गर्न रक्षा मन्त्रालय र मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हालेका प्रधानमन्त्री देउवाले सुरक्षा सुशासन र विकासको पूर्वसर्त भएको उल्लेख गर्दै त्यसको भरपर्दो व्यवस्था गर्न सम्बन्धित सबै मन्त्रालय र निकायलाई निर्देशन दिएका हुन् ।

शुक्रबार सिंहदरबारस्थित रक्षा मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकमा बोल्दै उनले विकास, निर्माणको कामलाई सहज ढंगले अघि बढाउन पनि सुरक्षाजस्तो संवेदनशील विषयलाई उच्च प्राथमिकता दिनुपर्ने स्पष्ट पारे । त्यस अवसरमा प्रधानमन्त्री देउवाले चालू आर्थिक वर्षको कार्यक्रम समयमै सम्पन्न गराउन पनि आफ्नो मन्त्रालयलाई सचेत गराउनुभएको रक्षासचिव किरणराज शर्माले जानकारी दिए ।

उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले रक्षा मन्त्रालय मुलुकको सुरक्षा तथा प्रतिरक्षाजस्तो महत्वपूर्ण र संवेदनशील जिम्मेवारी बोकेको मन्त्रालय हो । सुरक्षा सुशासन र विकासको पूर्वसर्त हो । भरपर्दो सुरक्षा प्रबन्ध नभई मुलुकमा एकातिर विकास, निर्माणका कार्यहरूलाई सहज रूपमा अघि बढाउन सकिन्न भने अर्कोतर्फ यसले पार्ने असरहरूलाई पनि हेर्नुपर्ने हुन्छ भनेर सुरक्षालाई उच्च प्राथमिकतामा राखेर सम्माननीय प्रधानमन्त्रीज्यूले यसलाई सम्बन्धित मन्त्रालय, निकायहरूले उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।

कयौँ संवेदनशील विषयहरूमा समेत सम्माननीय प्रधानमन्त्रीज्यूले निर्देशन जारी गर्नुभयाे । त्यस अवसरमा नेपाली सेनाको सबलीकरण, आधुनिकीकरण, सैनिक विश्वविद्यालयको स्थापनालगायतका विषयमा पनि छलफल गरिएको रक्षा मन्त्रालयले जनाएको छ । यता, रक्षासचिव शर्माले बैठकमा आएका महत्वपूर्ण निर्देशन तथा सुझाबलाई आत्मसात गर्दै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।