Skip This
बेँसीसहर नगरपालिकाले दियो दुई सय किसानलाई हातेट्याक्टर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १९ बुधबार
  • Monday, 08 July, 2024
२o७८ माघ १९ बुधबार o७:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बेँसीसहर नगरपालिकाले दियो दुई सय किसानलाई हातेट्याक्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १९ बुधबार o७:५३:oo

बेँसीसहर नगरपालिकाले नगरपालिकाभित्रका दुई सयजना किसानलाई हातेट्याक्टर वितरण गरेको छ । नगरपालिकाले कृषिमा यान्त्रिकीकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हातेट्याक्टर वितरण गरेको हो । नगरप्रमुख गुमानसिंह अर्यालले कृषिमा यान्त्रिकीकरण गरी लागत घटाउन र कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउन नगरपालिकाले किसानलाई हातेट्याक्टर वितरण गरेको बताए । वैदेशिक रोजगारीको सिलसिलामा विदेश पलायन भएर गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुनः प्रयोगमा ल्याउन हातेट्याक्टर प्रभावकारी भएको उनको भनाइ थियो । 

नगरपालिकाले यस वर्ष ७ र ६ हर्सपावर डिजेलवाला तथा ७ हर्सपावर पेट्रोलवाला गरी तीन प्रकारका मिनिटिलर हातेट्याक्टर वितरण गरेको छ । ७ हर्षपावरको डिजेलवालाको ७० हजार, ६ हर्स पावरको ६० हजार र पेट्रोलवाला ७ हर्स पावरको ५० हजार रुपैयाँ मूल्य पर्ने मिनिटिलर ५० प्रतिशत अनुदानमा वितरण गरेको बेँसीसहर नगरपालिकाको कृषि तथा पशुपक्षी शाखाका प्रमुख सूर्यप्रसाद सेढाईंले बताए ।

पछिल्लो समय गोरु पाउन गाह्रो, युवापुस्ता वैदेशिक रोजगारमा रहेकाले गाउँमा खेतालाको अभाव हुनेलगायतका समस्याले गर्दा गाउँमा खेतीयोग्य जमिन बाँझो रहँदै आए पनि पर्याप्त मात्रमा हातेट्याक्टर वितरण गरेपछि किसानलाई राहत मिलेको प्रमुख प्रशासकीय अधिकृत इमानाथ कँडेलको भनाइ छ ।  नगरपालिकाले चालू आर्थिक वर्षमा हातेट्याक्टरका लागि दुई सय १० जना किसानको आवेदन परेकोमा दुई सयजनालाई वितरण गरिएको र हालसम्म करिब पाँच सयजना किसानलाई हातेट्याक्टर वितरण गरेको बेँसीसहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले बताए ।  
 

ad
ad
ad
ad