१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नारायणहिटीमा हुने भनिएको महायज्ञ स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:३१:oo

नारायणहिटी दरबारको पूजाघरभित्र १९ माघदेखि सञ्चालन गर्ने भनिएको महायज्ञ तत्कालका लागि स्थगित गरिएको छ। नारायणहिटी दरबार संग्रहालय तथा सञ्चालन विकास समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै महायज्ञ  स्थगित गरिएको जानकारी दिएको छ।

गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण रोक्न जारी गरेको आदेशानुसार हाललाई स्थगन गरिएको समितिले जनाएको छ। समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बोधार्थ गर्दै पत्र पठाएको छ।

महायज्ञ सञ्चालनको लागि गत पुस २ गते नमस्ते परोपकारी अभियान र सतीस्राप मोक्षधामले मन्त्रालयमा पत्र पठाएका थिए। मन्त्रालयका सविच महेश्वर न्यौपानेसहितको बैठकले उक्त महायज्ञ सञ्चालन गर्न दिने निर्णय गरेको थियो। तर, नेपाल पञ्चांग निर्णायक समितिले भने उक्त महायज्ञको साइत नजुरेको बताउँदै आएको थियो। महायज्ञबारे समितिलाई आधिकारिक जानकारी नगराइएको र उक्त समयमा महायज्ञ सञ्चालन गर्न उपयुक्त नभएको समितिको भनाइ थियो।

 

ad
ad