वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले सातौँ सफलता प्राप्त गरेको छ। सोमपाल कामीको व्यक्तिगत तीन विकेटमा नेपालले सातौँ सफलता प्राप्त गरेको हो।
यसअघि सागर ढकालले तीन र अविनाश बोहोराले एक विकेट लिएका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८.५ ओभरको खेल सकिँदा वेस्ट इन्डिजले १५५ रन बनाएर खेलिरहेको छ।