नेपालले कुशल भुर्तेललाई पहिलो विकेटका रूपमा गुमाएको छ। वेस्ट इन्डिज ‘ए’ विरुद्ध ९ बल सामना गरेका भुर्तेल १३ रन जोडेर पेभेलियन फर्किएका हुन्।
कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा एक सय ७३ रनको लक्ष्य पछ्याइरहेकाे नेपालले १.४ ओभरमा पहिलाे विकेट गुमाएर १३ रन मात्रै बनाएकाे छ। भुर्तेल आउट भएसँगै अहिले क्रिजमा आसिफ सेखलाई साथ दिन अनिल साह आएका छन्।