१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १७:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

थप ५,५८३ जनामा कोरोना संक्रमण पुष्टि, ८,२६७ निको भए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:o४:oo

पछिल्लो  २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार एसएमएस र इमेलबाट प्राप्त आरडिटी एन्टिजेनको विवरणसहित १७ हजार ६७४ जनामा नमुना परीक्षण गर्दा नयाँ संक्रमित थपिएका हुन्। 

त्यसमध्ये दश हजार ७७६ जनामा पिसिआर गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनामा एन्टिजेन परीक्षण गर्दा एक हजार ९२६ जनामा संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा ८ हजार २६७ जना निको भएका छन् भने थप ९ जनाको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ रहेको छ।
 

ad
ad