प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच स्थानीय तह निर्वाचनबारे छलफल सुरु भएको छ। स्थानीय तहको चुनाव जेठ ४ गते एकैचरणमा गर्ने विषयमा सरकार र निर्वाचन आयोगबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल सुरु भएको हो।
प्रधानमन्त्री देउवाले निर्वाचनको मिति तोक्नेबारे छलफलका लागि आयोगका पदाधिकारीलाई बालुवाटार बोलाएका हुन्। आयोगले भने जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ। यसबारे एकैचरणमा चुनाव गर्नेबारे आयोगसँग प्रधानमन्त्रीले छलफल गरेका हुन्।