मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १८ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १८ मंगलबार १५:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पक्राउ परेका वन अधिकारकर्मीलाई रिहा गर्न महासंघको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १८ मंगलबार १५:४१:oo

सामुदायिक वन उपभोक्ता महासंघले पक्राउ परेका वन अधिकारकर्मीलाई रिहा गर्न माग गरेको छ। महासंघले विज्ञप्ति जारी गरी सरकारले तर्जुमा गरेको वनसम्बन्धी नियमलाई लिएर गरिएको धर्नाका क्रममा पक्राउ परेका अधिकारकर्मीलाई रिह गर्न माग गरेको हो।

मंगलबार महासंघका अध्यक्ष भारती पाठक, महासचिव बिर्खबहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतमलगायत धर्नामा सहभागी भएकालाई प्रहरीले पक्राउ गरेको थियो। महासंघका उपाध्यक्ष भीमप्रकाश खड्काले जारी गरेको विज्ञप्तिमा सरकारको कदमको भर्त्सना गर्दै अबिलम्ब रिहा नगरिए महासंघले देशव्यापी आन्दोलनको चेतावनी दिएको छ। 

महासंघले सरकारले सामुदायिक वन उपभोक्ता समूहको संवैधानिक र कानुनी अधिकार हनन हुने गरी वन नियमावली, सामुदायिक वन, प्रदेश वन ऐन ल्याएको भन्दै वन विभाग परिसर बबरमहलमा एक हप्तादेखि एकघन्टे धर्ना कार्यक्रम गर्दै आएको छ।