मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १८ मंगलबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ १८ मंगलबार o८:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमसिसीका विषयमा अमेरिकाको लगातार चासो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ १८ मंगलबार o८:oo:oo

पछिल्लो समय अमेरिकाले एमसिसीका विषयमा लगातार चासो व्यक्त गर्दै आएको छ । स्रोतका अनुसार एमसिसीका पदाधिकारीहरूले अमेरिकाबाट दलका शीर्ष नेताहरूसँग प्रत्यक्ष संवाद गर्दै पारित गर्न दबाब दिइरहेका छन् ।

त्यसअघि सम्झौता कार्यान्वयनका लागि धेरै समय पर्खिन नसकिने भन्दै गत भदौमा एमसिसी उपाध्यक्ष फातिमा सुमार र मंसिरमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरेर शीर्ष राजनीतिक नेतालाई भेटेका थिए ।

त्यसपछि मंसिरमै अमेरिकामा बसेको एमसिसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले नेपाललाई केही समय पर्खिने निर्णय गरेको थियो । त्यसपछि नेपालमा प्रमुख राजनीतिक दलका महाधिवेशनहरू सुरु भएपछि एमसिसीको विषय ओझेलमा परेको थियो ।

अहिले पुनः प्रधानमन्त्री देउवाले अमेरिकाले १ फेब्रुअरीभित्र पारित नगरे फिर्ता लिने भन्दै संसदमा दर्ता गर्न गठबन्धनमा प्रस्ताव लिएपछि चर्चा सुरु भएको छ ।