मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १७ सोमबार
  • Wednesday, 18 December, 2024
२o७८ माघ १७ सोमबार १८:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा माघ मसान्तसम्म विद्यालय  नखुल्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १७ सोमबार १८:o५:oo

दाङमा माघ मसान्तसम्म विद्यालय नखुल्ने भएका  छन् । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको निर्णयअनुसार माघ मसान्तसम्म भौतिक उपस्थितिमा कुनै पनि शैक्षिक क्रियाकलाप नगर्ने निर्णय गरेको हो । विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य कुनै पनि शैक्षिक क्रियाकलाप गर्न नपाइने दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताइन् । उनका अनुसार विद्यालयमा खोप कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिने भएको छ । 

त्यस्तै, यो अवधिमा सिनेमा घर, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्विमिङ  पुल, फुटसल, पटके  हाटबजार र मानिसहरूको भिडभाड हुने खालका अन्य कार्य नगर्नसमेत जिल्ला प्रशासन कार्यलयले सूचना जारी गरेको छ । 

विद्यालय तथा कलेजका पूर्वनिर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै  प्रयोगात्मक कक्षा भने सरकारको आदेशबमोजिम गर्न  जिल्ला प्रशासन कार्यलयले निर्देशन गरेको छ।