हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी कोरोना संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय एक हप्ताका लागि सिल गरिएको छ। सहायक प्रजिअ दशरथ राईलाई कोरोना संक्रमण भएपछि प्रशासन कार्यालयका सम्पूर्ण काम रोकिएको छ। कार्यालयमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीच नियमित र प्रत्यक्ष सम्पर्क हुने भएकाले कार्यालय एक हप्ताका लागि बन्द गरिएको प्रशासनले जनाएको छ।