१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १७ सोमबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १७ सोमबार o७:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

वायुसेवा निगमका महाप्रबन्धकसहित तीन सञ्चालक सदस्यलाई बर्खास्तीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १७ सोमबार o७:२१:oo

नेपाल वायुसेवा निगमका कर्मचारीहरूले महाप्रबन्धक डिमप्रसाद पौडेलसहित तीन सञ्चालक सदस्यलाई बर्खास्तीको माग गरेका छन् । सञ्चालक समितिका सदस्यहरू मन्त्रिपरिषद्बाट नियुक्त हुनुपर्नेमा मन्त्रीस्तरीय निर्णयबाट भएका कारण पनि उनीहरूको नियुक्ति अवैध भएको कर्मचारीहरूको दाबी छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल वायुसेवा निगम, नेपाल वायुसेवा निगम कर्मचारी संघ र नेपाल वायुसेवा निगम कर्मचारी युनियनले आइतबार संयुक्त रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत मन्त्री प्रेमकुमार आलेलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूको बर्खास्तीको माग गरेका हुन् ।

‘निगम समस्याले जकडिएको छ, तर सञ्चालक समितिले केही पनि गर्न सकेको छैन, निकास दिन नसक्ने सदस्यहरूलाई बर्खास्तीको माग गरेका हौँ,’ नेपाल वायुसेवा निगम कर्मचारी संघका उपाध्यक्ष दिपेन पुनले भने ।

१३ पुस ०७८ देखि कतारको दोहामा ग्राउन्डेड भएको निगमका जहाज तत्काल बनाउनुपर्ने निर्णय नगरी निगममा खलल पुग्ने गरी वक्तव्य जारी गरिएको भन्दै पौडलसहित सञ्चालक समिति सदस्य फुर्वा ग्याल्जेन शेर्पा र ईश्वरी पौडेलको बर्खास्तीको माग कर्मचारीले गरेका हुन् । तीनैजनाले निगमलाई निजीकरण गर्न लागिपरेको आरोप लगाइएको छ । 

सरकारले आन्तरिक उडानका लागि अन्य जहाज नआएसम्मका लागि चिनियाँ जहाज सञ्चालनको तयारी गरेको छ । ‘ती तीनजनाले सञ्चालन नै हुन सक्दैन भनेर विज्ञप्ति जारी गरेका छन्,’ पुनले भने । निगमको सञ्चालक समितिमा प्रस्तावमा भएका अतिगोप्य प्रस्ताव छलफल नहुँदै सार्वजनिक गरिएको आरोप कर्मचारीको छ ।
निगमलाई निजीकरण गरिन लागिएको भन्दै कर्मचारीले यसअघि एक सय चार दिनसम्म आन्दोलन गरेका थिए । मन्त्री आलेले निजीकरणसम्बन्धी प्रस्तावमा हाललाई कारबाही अगाडि नबढाउने निर्णय गरेपछि आन्दोलन रोकिएको थियो ।

ad
ad
ad
ad