मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १६ आइतबार २२:१३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सक्रिय हुन थाल्यो बिमा समिति : नेपाल प्राइम लाइफ र नेपाल लाइफलाई कारबाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १६ आइतबार २२:१३:००

बिमा ऐनविपरीत काम गरेको भन्दै बिमा समितिले दुईवटा जीवन बिमा कम्पनीलाई कारबाही गरेको छ । समितिले आइतबार प्राइम लाइफ इन्स्योरेन्सलाई कारबाहीस्वरूप १० हजार रुपैयाँ जरिवाना गरेको छ । कम्पनीले कर्मचारी नै नियुक्त नगरी ठूलो रकम काल्पनिक कर्मचारीको नाममा वितरण गरेको भन्दै समितिले कारबाही गरेको हो । सुशासनसम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लंघन गरी तलब–भत्ता वितरण गरेको समितिले जनाएको छ । 

त्यस्तै, कम्पनीले बिमितको हितविपरीत नक्कली बिमालेख जारी गरेको र व्यवस्थित तरिकाले वैदेशिक रोजगारी बिमा पोलिसी जारी नगरेको भन्दै समितिले कारबाही गरेको हो । कम्पनीले धेरैपटक नक्कली बिमा जारी गरेका घटना बाहिरिएका थिए । तर, कम्पनीले भने उक्त घटनामा आफ्नो संलग्नता नभएको भन्दै पन्छिँदै आएको थियो ।

सुशासन निर्देशिका उल्लंघनबापत नेपाल लाइफलाई पनि जरिवाना
बिमा समितिले नेपाल लाइफ इन्स्योरेन्सले संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७५  विपरीत काम गरेको भन्दै १० हजार जरिवाना गरेको छ । कम्पनीले अनुभव नपुगेका अमितकुमार कयाललाई सहायक महाप्रबन्धकमा नियुक्त गरेको भन्दै कारबाही गरेको हो । कम्पनीको महाप्रबन्धकमा नियुक्ति गरिएको विषयलाई लिएर उजुरी परेको थियो । उजुरी सुनुवाइमा कम्पनीसँग आवश्यक सोधपुछ र आवश्यक विवरण परीक्षण गर्दा नियमविपरीत काम गरेको पाइएको समितिले जनाएको छ ।

त्यस्तै, समितिले सुशासनसम्बन्धी निर्देशिकाविपरीत एकभन्दा बढी कम्पनीमा संलग्न रहेका कमलेशकुमार अग्रवाल र विमल ढकाललाई सञ्चालकमा नियुक्त गरेको भन्दै १० हजार रुपैयाँ जरिवाना गरेको छ । संस्थागत सुशासनसम्बन्धी निर्देशिकाबमोजिम एउटा समिति तथा उपसमितिमा संयोजक रहेको सञ्चालक अर्को समिति वा उपसमितिमा संयोजक हुन नपाउने व्यवस्था छ । तर, कम्पनीले विभिन्न आठवटा समितिमा संयोजक रहेका कमलेश अग्रवाल र तीनवटा समितिमा संयोजक रहेका विमल ढकाललाई जानी–जानी सञ्चालक समितिले नियुक्त गरेको भन्दै कारबाही गरेको हो ।