Skip This
चुनावी मितिको पर्खाइमा लगानीकर्ता 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १६ आइतबार
  • Monday, 08 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १६ आइतबार o७:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

चुनावी मितिको पर्खाइमा लगानीकर्ता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १६ आइतबार o७:५५:oo

नेप्से ५ प्रतिशत घट्दा २३ प्रतिशत घट्यो कारोबार रकम

बजार हालसम्मकै उच्च बिन्दुभन्दा केही सय अंक तल रहँदा थप बढ्न ठूलो कारण खोजिरहेको छ । स्थानीय तहदेखि केन्द्र तहसम्मका लागि हुने चुनाव यस्तो आशाका रूपमा रहँदा चुनाव मिति तोक्न भइरहेको ढिलाइले लगानीकर्ता पनि ‘पर्ख र हेर’को अवस्थामा रहेका छन् । 

मूलतः चुनावमा हुने खर्चले अनौपचारिक क्षेत्रमा रहेको पुँजी पनि औपचारिक प्रणालीमा आउने र बजारमा समेत लगानी बढ्ने मानिन्छ । हाल भने बजार वृद्धिका लागि अन्य ठोस कारणहरू सकारात्मक भइसकेका छैनन् । बजारमा बढ्दो तरलता दबाबका कारण कर्जाको ब्याजदर १ प्रतिशत बिन्दुसम्म बढ्ने देखिएको छ । दोस्रो त्रैमास हालै सकिएकाले लाभांश प्राप्तिका लागि अर्को सात–आठ महिना कुर्नुपर्ने, सूचीकृत संस्थाहरूको वार्षिक कार्यसम्पादनको नजिकको अनुमानका लागि पनि वैशाख कुर्नुपर्नेलगायतका कारण बजारलाई थप नयाँ उचाइमा लैजान सकारात्मक प्रभाव परेको छैन । 

तर, अहिले पनि मूल्य परिवर्तनका आधारमा लाभ लिनलाई भने स्पेस बाँकी छ । विशेषतः यसअघिको उच्च मूल्यदरका आधारमा ट्रेडिङ कारोबार गर्नेले भने सम्भावना देखिरहेका छन् । त्यसैले पनि बजार दुई हजार दुई सयभन्दा तल नजाने र तीन हजार आसपाससम्म पुगिरहने प्रवृत्ति दोहोरिरहेको छ । 

साताको बजार 
गत साता भने नेप्से परिसूचक ५ दशमलव १६ प्रतिशतले घटेर दुई हजार सात सय ७९ बिन्दुमा आइपुगेको छ । एक सय ५१ अंकले बजार घट्दा अन्य सबै समूहगत परिसूचक पनि घटेका छन् । 

विकास बैंक र वित्त कम्पनी समूहगत परिसूचक सबैभन्दा धेरै ८ देखि करिब ९ प्रतिशतसम्म घटेको छ । लगानीकर्ताको सम्पत्तिको मूल्य पनि दुई खर्ब १४ अर्ब रुपैयाँले घटेको छ । हालै कारोबारमा आएको विन नेपाल लघुवित्तको सेयर मूल्य गत साता सबैभन्दा धेरै ६१ प्रतिशतले बढेर एक हजार तीन सय ३८ रुपैयाँमा कारोबार भएको छ । एसियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य भने सबैभन्दा धेरै करिब २५ प्रतिशतले घटेर एक हजार ती सय ४१ मा सीमित भएको छ । अपि हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २० लाख ५३ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब आठ करोड रुपैयाँको कारोबार भएको छ । 

प्राविधिक विश्लेषण 
लगातार घटेर कालो (रातो) मैनबत्ती बनेको नेप्सेमा अन्तिम दिन भने इन्भर्टेड ह्यामर आकृति बनेको छ । यसले नेप्से परिसूचक घट्न रोकिन लागेको संकेत गर्छ । यद्यपि, यो दरिलो संकेत भने होइन । आइतबारको कारोबार यो ह्यामर आकृतिभन्दा माथिबाट सुरु भएमा भने बजार बढ्न सक्ने विश्लेषण गरिन्छ ।  

नेप्सेको आरएसआई सूचक हाल ५१ दशमलव ४९ मा छ । यो सूचक स्केल ३० मुनि भए बजारमा अधिक बिक्री रहेको, ३० देखि ७० सम्म रहे बजार सन्तुलित र ७० माथि भए बजारमा अधिक खरिद रहेको विश्लेषण गरिन्छ ।  

नेप्सेको सातदिने मुभिङ एभरेज रेखा र २१ दिने रेखा नजिकिने तयारी गरिरहेका छन् । यसलाई ध्यान दिनुपर्ने देखिन्छ । सातदिने मुभिङ एभरेज रेखा माथि लागेमा बुलिस प्रवृत्ति लाग्ने र २१ दिने रेखा माथि लागेमा बियरिस प्रवृत्ति सुरु हुने मानिन्छ ।    

पिभट विश्लेषणले भने आगामी साता दुई हजार आठ सय ९४ मा पहिलो लक्ष्य प्राप्त गर्न सक्ने र यसमा प्रतिरोध पाएमा दुई हजार सात सय १३ मा पहिलो टेवा पाउने सम्भावना छ ।  

ad
ad
ad
ad