मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ माघ १५ शनिबार १५:४०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशलाई गठबन्धनबाट मुक्त गराउन आन्दोलन आवश्यक  ः प्रभु साह

Read Time : < 1 मिनेट
२०७८ माघ १५ शनिबार १५:४०:००

एमाले स्थायी कमिटी सदस्य प्रभु साहले देशलाई गठबन्धनबाट मुक्त गराउन आन्दोलन आवश्यक रहेको बताएका छन्। रौतहटको देवाही गोनाही नगरपालिकामा पार्टीको नगरसभालाई सम्बोधन गर्दै उनले त्यसका लागि ​सडक आन्दोलनमा जानुको विकल्प नरहेको जिकिर गरे।

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले सरकारलाई ध्यानाकर्षण गराइरहे पनि गठबन्धनकै दबाबका कारण सरकारले कुनै ठोस निर्णय लिन नसकेको उनले बताए। कानुनअनुसार समयमै चुनाव गराउन पनि आन्दोलन जरुरी भएको साहको दाबी छ।

गठबन्धनले स्थानीय चुनावमा जानुको सट्टा छिद्र खोजेर संविधानको अपव्याख्या गरिरहेको उनको आरोप छ। आफूअनुकूल निर्वाचन गराउनका लागि गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रभावमा पार्न अनेक हतकन्डा अपनाइरहेको बताए ।