सत्तागठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको बैठकमा स्थानीय तहको निर्वाचन मितिबारे छलफल हुने जनाइएको छ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालको भेटपछि गठबन्धन बैठक तय गरिएको थियो।