मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ माघ १३ बिहीबार १६:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्घटनामा दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ माघ १३ बिहीबार १६:४४:००

इलामको रोङ गाउँपालिका– ४ को पहिरोमा पिकअप पल्टिँदा दुईजनाको मृत्यु भएको छ। झापाबाट इलाम आउँदै गरेको प्रदेश  १–०१–००१ च ७९१६ नम्बरको पिकअप पहिरोबाट खस्दा दुईजनाको मृत्यु भएको हो भने एकजना घाइते भएका छन्। 

दुर्घटनामा परी झापा मेचीनगर नगरपालिका– ४ का ५५ वर्षीया रमेश थापा र सोही स्थानका ४० वर्षका सूर्यबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगाबहादुर  थापाले जानकारी दिए।  दुर्घटनामा परेर सवारीचालक मेचीनगर नगरपालिका– ४ का ३३ वर्षका अर्जुन कोइराला घाइते भएका छन्। उनको झापास्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी जनाएको छ।