मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ १३ बिहीबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १३ बिहीबार १४:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक आसपासका रूख–बिरुवा काँटछाँट गर्दै महानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १३ बिहीबार १४:३७:oo

काठमाडौं उपत्यकाका सडकआसपासका रूख–बिरुवा काँटछाँट गर्न थालिएको छ। काठमाडौं महानगरपालिकाले तिनकुने–माइतीघर सडकखण्ड क्षेत्रमा रहेका रूख–बिरुवा काँटछाँट गर्न लागेको हो।

रूख–बिरुवा बढेर सवारी ओहोरदोहोरमा अवरोध पुर्‍याउने भएकाले बाटोतर्फ नुहेका रूख–बिरुवा काटिएको नगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए। उनका अनुसार सडकआसपासका रूख–बिरुवा छोटा पार्ने र आकार दिने सिजन यही हो। यो समयमा काटेपछि राम्ररी पलाउन सक्ने भएकाले अहिले काँटछाँट गर्न लागिएको हो।

‘यी सुन्दरताका लागि रोपिएका रूख–बिरुवा हुन्। सडक र सडकबत्ती छेकेका बिरुवा समय समयमा छोट्याउनुपर्छ,’ उनले भने, ‘दुई वर्षदेखि हामीले रूख–बिरुवाका हाँगाहरू काटेका थिएनौँ। यो सिजनमा काटेपछि दुई तीन महिनामै पलाएर हरियाली हुन्छ।’