१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १३ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १३ बिहीबार ११:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन सार्दा संवैधानिक संकट निम्तने खतरा : युथ कंग्रेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १३ बिहीबार ११:५o:oo

नेपाली कांग्रेसको शुभेच्छुक संस्था युथ कंग्रेसले  निर्वाचन धकेल्ने विषय मान्य नहुने बताएको छ। युथ कंग्रेसले विज्ञप्ति निकालेर समयमा निर्वाचन नगराउने विषय मान्य नहुने बताएको हो। युथ कंग्रेसले वैशाखमा हुनुपर्ने स्थानीय निर्वाचनलाई कानुन संशोधन गरेर ६ महिना पछाडि धकेल्दा स्थानीय तह कामचलाउ हुन गई संवैधानिक संकट निम्तिने खतरा रहेको औँल्याएको छ।

‘वैशाखमा हुनुपर्ने स्थानीय निर्वाचनलाई कानुन संशोधन गरेर ६ महिना पछाडि धकेल्दा स्थानीय तह कामचलाउ हुन गई ठूलो संवैधानिक र कानुनी संकट निम्तिनेछ। तब हाम्रो मौलिक हक कार्यान्वयन गर्नसमेत अड्चन आउनेछ,’ राष्ट्रिय संयोजक सचिन तिमल्सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

युथ कंग्रेसले समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान र लोकतन्त्रको गरिमा कायम गर्नसमेत सरकारसँग अपिल गरेको छ।