१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ माघ १२ बुधबार ११:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचनमा सांसदले मतदान गरेको तस्बिर खिचेपछि…

Read Time : < 1 मिनेट
२०७८ माघ १२ बुधबार ११:३९:००

राष्ट्रिय सभा निर्वाचनमा एक सांसदले मतदान गरेको तस्बिर खिचेपछि हेटौँडामा तनाव भएको छ। औद्याेगिक क्षेत्र व्यवस्थापन कार्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा जारी मतदानमा माओवादी केन्द्रका सांसद हिमाली गोलेले आफूले मतदान गरेको तस्बिर खिचेपछि प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठबीच विवाद भएको हो। विवादका क्रममा श्रेष्ठले मोबाइल खोस्दै तस्बिर हटाउन आग्रह गरेका थिए। 

दोलखाबाट समानुपातिक सांसद रहेकी गोले र श्रेष्ठबीच विवाद भइरहेका वेला माओवादीका अर्का सांसद राजकाजी महर्जनले पनि प्रमुख निर्वाचन अधिकृत श्रेष्ठसँग विवाद गर्न थालेका थिए। विवाद बढेपछि गोले र महर्जनले घटनाको विषय मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई जानकारी गराएर मतदानस्थलबाट बाहिरिएका थिए। यसअघि रामबहादुर थापा र खिमलाल देवकोटाबीच राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गोलेले मतदान गरेकी थिइनन्।