मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १२ बुधबार ०६:५२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्सेमा झिनोे अंकको करेक्सन, लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १२ बुधबार ०६:५२:००

मंगलबार नेप्से सूूचकमा झिनो अंकको करेक्सन आएको छ । कारोबार अवधिभर लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा देखिँदा बजारमा आएको उत्तारचढाबकै बीच सूूचक ५ दशमलव ५९ अंकले घटेर दुई हजार आठ सय १५ दशमलव शूून्य ६ बिन्दुुमा पुुगेको हो । कारोबार सुरु हुनासाथ सुुरुवातमा लगानीकर्ता प्रोफिट बुुक गर्न हाबी हुँदा ४१ अंकसम्म घटेको थियो ।  

सत्तारुढ गठबन्धनले वैशाखमा चुुनाव नगर्ने खबर र साना लगानीकर्ता प्रोफिट बुुकिङतर्फ लागेकाले बजारमा त्यसको प्रभाव परेको नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । राजनीतिक तथा प्र्राविधिक जुनसुकै कारणले बजार घटेको भए पनि आगामी दिन बजार सकारात्मक लयतर्फ फर्किएको संकेत रहेको उनको भनाइ छ ।

मंगलबार ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स १ दशमलव शूून्य नौ अंकले घटेर पाँच सय २४ दशमलव ९४ बिन्दुुमा पुुगेको छ । तरलता अभावले आगामी दिनमा ब्याज वृद्धि हुने हल्लाले पनि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव परेको देखिन्छ । सोही कारण केही समय ‘पर्ख र हेर’मा रहने अवस्थाले बजार करेक्सनलाई टेवा पुुर्‍याएको लगानीकर्ता बताउँछन् ।  

यस दिन कारोबारमा आएका १३ वटा सूूचकमध्ये जीवन बिमा समूूहको सूूचकबाहेक बाँकी अन्य समूूहका सूूचक सामान्य घटेका छन् । सोमबारको तुुलनामा कारोबार रकम तीन अर्बले घटेको छ । कारोबारमा आएका धितोपत्र र ऋणपत्र गरी करिब एक करोड कित्ता–इकाइ सेयर खरिद–बिक्री हुुँदा पाँच अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी, अपि पावर कम्पनी, एनआइसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेसनल हाइड्रोपावर कम्पनीको सेयर १२ करोड रुपैयाँदेखि २६ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

विन लघुुवित्त वित्तीय संस्था र बुुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूूल्य १० प्रतिशतले बढेर सर्किट मूूल्यमा कारोबार भएको छ । त्यस्तै, पोखरा फाइनान्स कम्पनी, कालिका लघुवित्त वित्तीय संस्था, सामलिङ पावर कम्पनीको ४ प्रतिशतदेखि ८ प्रतिशतमाथिले बढेको छ । सामान्य घटेको बजारमा सबैभन्दा धेरै कृषि विकास बैंकको ऋणपत्रको ८ दशमलव ३४ प्रतिशतले घटेको छ । गोर्खाज फाइनान्स, समिट लघुुवित्त वित्तीय संस्था, समता घरेलुु लघुुवित्त वित्तीय संस्था र चन्द्रागिरि हिल्स लिमिटेडको सेयर मूूल्य २ प्रतिशतदेखि ४ प्रतिशत बढीले घटेको छ ।