मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ७ शुक्रबार १६:४५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

२३ हजार नमुना परीक्षण गर्दा १० हजार सात सय संक्रमित थपिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ७ शुक्रबार १६:४५:००

पछिल्लो २४ घण्टामा नेपालमा १० हजार ७०३ कोरोना संक्रमित थपिएका छन्। २३ हजार ९२ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक तथ्यांकमा उल्लेख छ। पिसिआर र एन्टिजेन विधिबाट क्रमशः १८ हजार ६१८ र चार हजार ४७४ नमुना परीक्षण गर्दा आठ हजार ८१५ र एक हजार ८८८ संक्रमित थपिएका हुन्।

यस अवधिमा तीन संक्रमितले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ। यसैगरी ७६६ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ पुगेको छ। शुक्रबार देशभर तीन लाख सात हजार ४०१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।