जिल्ला प्रशासन कार्यालय काठमाडौंले जोर–बिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन गर्नेबारे थप स्पष्ट पारेको छ। प्रशासनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जोर गते जोर र बिजोर गते बिजोर नम्बरका सवारीसाधन चल्न पाउने जानकारी गराएको छ।
शुक्रबार राति १२ बजेदेखि लागू हुने यो नियम निजी र सरकारी दुवै खाले सवारीसाधनमा लागू हुनेछ। यसबाहेक एम्बुलेन्स, औषधि तथा स्वास्थ्य सामग्री बोकेका, दैनिक उपभोग्य तथा खाद्यवस्तु बोकेकालगायत अत्यावश्यकताका सवारीसाधनमा जोर–बिजोर लागू हुनेछैन।
त्यस्तै, बैंक तथा वित्तीय क्षेत्र, सरकारी कार्यालय, संस्थान, वायुसेवा कम्पनी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, डाँक तथा कुरियर सेवाका कर्मचारी, कूटनीतिक नियोगका सवारीसाधनलाई पनि जोर–बिजोर प्रणाली लागू नहुने प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।