१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ७ शुक्रबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ७ शुक्रबार o६:३८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

हुस्सुले तराईको अधिकतम तापक्रम घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ७ शुक्रबार o६:३८:oo

मौसमविद् भन्छन्– अब बिस्तारै सुधार हुन्छ

लगातारको हुस्सु र कुहिरोले तराईको जनजीवन प्रभावित भएको छ । तराईका कतिपय जिल्लामा हुस्सुले दिनभर घाम नै नलागेपछि अधिकतम तापक्रम पनि घटेको छ । अधिकतम तापक्रम दिउँसो मापन हुन्छ भने न्यूनतम राति ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी वायुका कारण दिनभरजसो हुस्सु लाग्दा घाम लाग्न नसकेको हो । फलस्वरूप २६ पुसदेखि अधिकतम तापक्रम घट्न थालेको हो । १८ पुसमा धनगढीको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रहेकामा २६ पुसमा १६ मा झरेको थियो । त्यसयता लगातार तापक्रम घट्दै आएकामा ४ माघमा १४ र बिहीबार १६ डिग्री मापन भयो । धनगढीलगायत तराईमा बिहीबार दिउँसो घाम लागेपछि तापक्रम केही बढेको हो ।

त्यस्तै, जनकपुरको अधिकतम तापक्रम १८ पुसमा २४ डिग्री थियो । तर, २७ पुसमा २० डिग्रीमा झरेकामा ४ माघमा १३ डिग्री सेल्सियस मापन भयो । बिहीबार भने १६.४ डिग्री मापन भएको छ । 

हुस्सुका कारण बिहीबार बिहान तराईका विमानस्थलको भिजिबिलिटी पनि घट्ने गरेको छ । उडानका लागि भिजिबिलिटी तीन हजार मिटर चाहिने भए पनि बिहान धनगढीमा दुई हजार, नेपालगन्जमा आठ सय, भैरहवामा पाँच सय, सिमरामा दुई सय, जनकपुरमा आठ सय र विराटनगरमा तीन सय मिटर मात्र थियो ।

काठमाडौं उपत्यकामा पारिलो घाम लाग्ने गरेकामा बिहीबार दिनभर बदली रहेको थियो । दिउँसो उपत्यकाका केही क्षेत्रमा फाट्टफुट्ट पानी पनि पर्‍यो । ‘तराईमा अब हुस्सु हट्दै जान्छ, घाम लाग्न सुरु हुन्छ,’ मौसमविद् कँडेलले भनिन्, ‘काठमाडौंमा बदलीका कारण चिसो भएको हो ।’ 

महाशाखाका अनुसार मुलुकभर पश्चिमी वायुको प्रभाव रहेको छ । शुक्रबार सातवटै प्रदेशका केही क्षेत्रमा हल्का वर्षाको आकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने ठानिएको छ ।