१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ६ बिहीबार
  • Tuesday, 18 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ ६ बिहीबार १७:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

‘माई पे’बाट हवाई टिकट बुकिङ गर्दा न्यूनतम ५ प्रतिशत क्यासब्याक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ ६ बिहीबार १७:३२:oo

'माई पे डिजिटल वालेट'ले आन्तरिक हवाई टिकट बुकिङ सेवाको सुरुवात गरेको छ । वालेटका अनुसार यसअन्तर्गत नेपालभित्र कुनै पनि गन्तव्यका लागि माई पे वालेटमार्फत हवाई टिकट बुकिङ गर्दा अधिकतम रु १ हजारसम्म र न्यूनतम ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिनेछ ।  हाल यस वालेटमार्फत आन्तरिक एयरलाइन्सका टिकट बुकिङ गर्दा रु ३ हजार सम्मको टिकट बुकिङमा ७ प्रतिशत र रु ३ हजारभन्दा माथिको टिकट बुकिङमा ५ प्रतिशत क्यासब्याक  प्राप्त गर्न सकिने वालेटले जनाएकाे छ । 

यो योजना सीमित अवधिका लागि रहेको माई पेले जनाएको छ । उक्त क्यासब्याक प्राप्त गर्न ग्राहकले माई पे वालेट डाउनलोड गरी कारोबार गर्न सक्नेछन् । यस वालेटले हवाई टिकट बुकिङसँगै मोबाइल टपअप, पानीको बिल भुक्तानी, फोनको बिल भुक्तानी, विद्युत् महसुल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी, टेलिभिजनको बिल भुक्तानी, रिचार्ज पिन, डाटा प्याक, केबल कारको टिकट बुकिङ र बस टिकट बुकिङसमेत गर्न सकिन्छ ।  

ad
ad
ad
ad