१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Wednesday, 26 June, 2024
रासस काठमाडौं
२o८१ असार ४ मंगलबार १७:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से १८ अंकले घट्यो, काराेबार रकम चार अर्बमा सीमित

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार १७:१५:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १८.७६ अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले घटेर दुई हजार ७६ दशमलव ४९ को विन्दुमा कायम भएको हो ।

परिसूचकसँगै कारोबार रकम पनि खुम्चिएको छ। आज तीन सय १८ कम्पनीका ९५ लाख ४४ हजार सात सय ३४ कित्ता सेयर ५८ हजार एक सय १९ पटक खरिद-बिक्री हुँदा रु. चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार आठ सय ८४ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ। बैंकिङ एक दशमलव १६, विकास बैंक शून्य दशमलव ८७, वित्त एक दशमलव शून्य चार, होटेल तथा पर्यटन शून्य दशमलव ७२, जलविद्युत् शून्य दशमलव ८७ र लगानी समूहको उपसूचक शून्य दशमलव ८२ प्रतिशतले घटेको छ।

त्यस्तै, जीवन बिमा समूह शून्य दशमलव ९८, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५२, लघुवित्त शून्य दशमलव ६४ र म्युचुअल फन्ड शून्य दशमलव ७२ प्रतिशतले घटेको छ। निर्जीवन बिमा शून्य दशमलव ८३, व्यापार शून्य दशमलव ६३ र अन्य समूह शून्य दशमलव ७७ प्रतिशतले घटेको छ ।

आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
 
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको रु. ११ करोड २७ लाख ९८ हजार सात सय ८२ बराबरका तीन लाख ६२ हजार एक सय २४ कित्ता सेयर किनबेच भएकाे छ।

ad
ad
ad
ad