१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Friday, 20 September, 2024
रासस कैलाली
२o८१ असार ४ मंगलबार १६:१o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

११ महिनामा कैलाली भन्सारबाट सात अर्ब राजस्व संकलन

Read Time : > 1 मिनेट
रासस, कैलाली
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार १६:१o:oo

कैलाली भन्सार कार्यालय धनगढीले ११ महिनामा रु. सात अर्ब ३२ करोड १४ लाख राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले चालू आव ०८०/८१ को साउनदेखि जेठ मसान्तसम्म उक्त राजस्व संकलन गरेको हो ।

कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ रु. दुई अर्ब ७७ करोड ५८ लाख, मूल्य अभिवृद्धि करतर्फ रु. दुई अर्ब ९५ करोड ५२ लाख, अन्तःशुल्कतर्फ रु. १८ करोड ९५ लाख र अन्यतर्फ रु. एक अर्ब ४० करोड आठ लाख राजस्व संकलन गरेको कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए।

चालू आवमा भन्सार कार्यालयको रु. ११ अर्ब ५८ करोड २४ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा ११ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ६३.२१ प्रतिशत रहेको उनले जानकारी दिए।

सूचना अधिकारी खड्काका अनुसार चालू आवको साउनमा रु. ४६ करोड ८२ लाख, भदौमा रु. ५१ करोड ९३ लाख, असोजमा रु. ६३ करोड १४ लाख, कात्तिकमा रु. ६१ करोड ४६ लाख, मंसिरमा रु. ७३ करोड ३४ लाख र पुसमा रु. ६८ करोड ९० लाख राजस्व संकलन भएको छ।

त्यस्तै, माघमा रु. ६६ करोड ६७ लाख, फागुनमा रु. ६९ करोड एक लाख, चैतमा रु. ७२ करोड १३ लाख, वैशाखमा रु. ७५ करोड १७ लाख र जेठमा रु. ८३ करोड ५३ लाख राजस्व संकलन भएको उनले जानकारी दिए।

‘आयातमा वृद्धि हुन सकेको छैन, निर्यात नगन्य मात्रामा हुन्छ, पुँजीगत खर्च कम छ,’ सूचना अधिकारी खड्काले भने, ‘बढी राजस्व संकलन हुने वस्तुको आयातमा कमी छ, जसले गर्दा राजस्व संकलन लक्ष्यमा पुग्न सकिरहेको छैन, अब एक महिना मात्रै बाँकी छ, राजस्व संकलन लक्ष्यमा पुग्ने सम्भावना न्यून छ।’

भन्सार कार्यालयको गत आव ०७९/८० मा रु. १२ अर्ब ३० करोड ६६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा रु. आठ अर्ब २९ करोड ६३ लाख राजस्व संकलन भएको थियो । त्यो लक्ष्यको ६७.४१ प्रतिशत मात्रै रहेको कार्यालयले जनाएको छ।