१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Wednesday, 26 June, 2024
तस्बिर : गेटी इमेजेज्
रासस जेनेभा
२o८१ असार ४ मंगलबार १७:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

द्वन्द्वमा मारिने मानिसको संख्या बढ्यो : राष्ट्रसंघ

Read Time : > 1 मिनेट
रासस, जेनेभा
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार १७:१२:oo

सन् २०२३ मा विश्वव्यापी द्वन्द्वका कारण अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी बालबालिका र दुई गुणा धेरै महिलाहरूको ज्यान लिनुका साथै समग्रमा द्वन्द्वमा परेका ७२ प्रतिशत बढी नागरिकको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

संयुक्त राष्ट्रसंघका अधिकार प्रमुख भोल्कर तुर्कले जेनेभामा राष्ट्रसंघको मानव अधिकार परिषदमा युद्धरत पक्षहरूले बढ्दो रूपमा ‘स्वीकार्य र कानुनी सीमाभन्दा बाहिर धकेलिरहेको,’ बताए।  

उनीहरूले एक-अर्काप्रति पूर्ण तिरस्कार देखाई मानव अधिकारलाई कुल्चिरहेको बताउँदै तुर्कले नागरिकको हत्या, घाइते र पूर्वाधारको विनाश दैनिक घटना भएको जनाए।
 
उनका अनुसार द्वन्द्वको समयमा बालबालिकालाई गोली हानियो, अस्पतालहरूमा बम प्रहार गरियो, समुदायहरूमा भारी तोपखानाहरू सुरु गर्नुका साथै घृणित, विभाजनकारी र अमानवीय कार्य गरिए। संयुक्त राष्ट्रसंघका अधिकार प्रमुखले आफ्नो कार्यालयले गत वर्ष सशस्त्र द्वन्द्वमा नागरिक मृत्युको संख्या ७२ प्रतिशतले बढेको जनाउने तथ्यांक संकलन गरेको बताए।

भयावह स्वरूपको तथ्यांकले सन् २०२४ मा मारिने महिलाको अनुपात अघिल्लो वर्षको तुलनामा दोब्बर र बालबालिकाको अनुपात तीन गुणा भएको संकेत गर्ने उनले बताए। गाजापट्टीमा, तुर्कले द्वन्द्वका पक्षहरूद्वारा अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानुनको अवहेलना तथा असहनीय मृत्यु र पीडाबाट स्तब्ध भएको बताए।

अक्टोबर –७ मा इजरायलमा हमासको अभूतपूर्व आक्रमणपछि युद्धबाट गाजामा एक हजार दुई सयभन्दा बढी मानिसहरू मारिए भने कयौँ घाइते भए। इजरायलले मे महिनाको सुरुमा रफाहमा आफ्नो कारबाही बढाएपछि लगभग १० लाख प्यालेस्टिनीहरू फेरि जबर्जस्ती विस्थापित भएका छन्।

कोष घटेको उल्लेख गर्दै–तुर्कले युक्रेन, कंगो लोकतान्त्रिक गणतन्त्र र सिरियासहित अन्य द्वन्द्वहरूको दायरालाई पनि औँल्याए। उनले सुडानमा, एक वर्षभन्दा लामो गृहयुद्धको चपेटामा लडाकु दल र सम्बद्ध समूहहरूद्वारा नष्ट भइरहेकाले आफ्नै जनताको अधिकारलाई कुल्चिएको बताए।   

यस्तो विनाशले खाँचोमा परेका मानिसहरूको बढ्दो संख्यालाई सहयोग गर्न कोष घट्दै गइरहेको अवस्थामा थप समस्या आउने उनले उल्लेख गरे। सन् २०२४ मेको अन्त्यसम्म, मानवीय कोष आवश्यकताहरू र उपलब्ध स्रोतहरूबीचको अन्तर ४०.८ अर्ब डलर रहेको तुर्कले जानकारी दिए। 

उनका अनुसार अपिलहरू औसत १६.१ प्रतिशतमा मात्र वित्त पोषित छन्। सन् २०२३ मा विश्वव्यापी सैन्य खर्च लगभग २.५ ट्रिलियन डलर भएकोमा २०२२ बाट वास्तविक सर्तमा ६.८ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै तुर्कले २००९ पछि यो सबैभन्दा तीव्र वार्षिक वृद्धि भएको उल्लेख गरे।

युद्धले असहनीय मानवीय पीडा दिनुका साथै ठूलो मूल्य चुकाउने उनले चेतावनी दिएका छन्।

ad
ad
ad
ad