१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Wednesday, 26 June, 2024
२o८१ असार ४ मंगलबार १७:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

रौतहटबाट अवैध रूपमा काटिएको खयरको गोलिया बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार १७:१९:oo

डिभिजन वन कार्यालय रौतहटले अवैध रूपमा जंगलबाट खयरको काठ काटेर डमरु बनाउँदै गरेको अवस्थामा डमरु र खयरको काठ बरामद गरेको छ। 

गैँडाटार सबडिभिजन वन कार्यालयअन्तर्गतको वन क्षेत्रबाट अवैध रूपमा डमरु बनाउँदै गरेको अवस्थामा २० थान डमरु, खयरको गोलिया ५ थान र डमरु बनाउने मेसिन बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्रले जानकारी दिए।

गैँडाटार स-डिभिजन वन कार्यालयका रेन्जर विकास लामिछाने, सहायक वन अधिकृत नवनीतकुमार मिश्र, मधुकान्त सिंह र सशस्त्र वन रक्षकको टोलीले खयरको रुख काटेर डमरु बनाउँदै गरेको अवस्थामा खयरको गोलियासहित ती सामान बरामद गरेको हो।

वनको गस्ती गर्न गएको टोलीलाई देख्नासाथ चोरी तस्करीमा संलग्नहरू भने फरार भएकाे कार्यालय प्रमुख मिश्रले जानकारी दिए।

पछिल्लो समय चुरेफेदीमा पर्ने गैँडाटार, जुडिबेला सब–डिभिजन वन कार्यालयअन्तर्गतका वनबाट तस्कर समूहले खयरको रुख काटेर तस्करी गरिरहेका छन्।

ad
ad
ad
ad