मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ६ बिहीबार
  • Thursday, 02 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ६ बिहीबार o८:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एपिएफ क्लबले जित्यो पिएम कपको उपाधि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ६ बिहीबार o८:३६:oo

एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा बुधबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपिएफले उपाधि जितेको हो । टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले दिएको १५८ रनको विजय लक्ष्य पछ्याउने क्रममा पुलिस निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रनमा समेटिएको थियो । 

दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे पनि पुलिसले फाइनलसम्म आफ्नो अपराजित यात्रा कायम राख्न सकेन । पुलिसका लागि दीपेन्द्रले सर्वाधिक ६५ रन बनाए । यस्तै, दिलीप नाथले २३ रन बनाउँदा अनिल शाह १० रन र आरिफ शेख १२ रन बनाए । एपिएफका किशोर महतोले सर्वाधिक तीन विकेट लिए । अविनाश बोहरा, अमर रौटेला र दीपक बोहाराले समान एक विकेट लिए । यसअघि एपिएफले निर्धारित २० ओभरमा एक बल बाँकी रहँदा सबै विकेट गुमाएर १५८ रनको योगफल तयार पारेको थियो । 

एपिएपका लागि अमर सिंह राउटेलाले सर्वाधिक २९ रनको योगदान गरे । यस्तै, लोकेश बमले २७ रन बनाउँदा सन्दीप जोराले २४, भुवन कार्कीले २७ रनको योगदान गरे । 

पुलिसको बलिङमा दीपेन्द्र सिंह ऐरी र सागर ढकालले सर्वाधिक ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे । गुलसन झाले दुई विकेट लिए भने, योगेन्द्र सिंह कार्की र आरिफ शेखले एक–एक विकेट लिए । दुवै टोलीले यसअघिका सबै खेलमा अपराजित रहँदै फाइनल यात्रा तय गरेका थिए । १६ पुसदेखि सुरु भएको प्रतियोगितामा समूह ‘ए’ र ‘बी’मा तीन विभागीय र सात प्रदेश गरेर १० टोलीको सहभागिता थियो ।