मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १८ बिहीबार
  • Saturday, 04 January, 2025
२o८१ पौष १८ बिहीबार २o:४७:oo
Read Time : < 1 मिनेट
खेलकुद

इन्डो नेपाल रनिङ सिल्ड भलिबल च्याम्पियनसीप: आर्मी र मणिमुकुन्दको जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १८ बिहीबार २o:४७:oo

बुटवलमा जारी मदन भण्डारी गोल्डकप  इन्डो नेपाल रनिङ सिल्ड भलिबल च्याम्पियनसिपमा बिहीबार त्रिभुवन आर्मी र मणिमुकुन्द क्लबले जित हात पारेका छन्।
तेस्रो खेल भने शीतलहरका कारण स्थगित भएको छ।

बुटवलको रामनगर खेल मैदानमा भएको प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा आर्मीले भारतीय गुजरात स्टेट भलिबल एसोसिएसनलाई ३-१ सेटमा पराजित गरेको हो। आर्मीले खेलको पहिलो सेट १५-२५ ले  हारे पनि त्यसपछि खेलको लय समात्दा जित निकालेको हो।

त्यसपछि दोस्रो सेट २९-२७ ले जित्दै आर्मी खेलमा फर्कियो। तेस्रो र चौथो सेट २५–२१ र २५–२२ ले जित्दै आर्मी पहिलो जित हात पार्न सफल भयो । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको भलिबल भ्याम्पियनसिपमा दोस्रो खेल रुपन्देहीको मणिमुकुन्द भलिबल क्लबले ३-० को सोझो सेटमा जितेको छ । पहिलो सेटमा मणिमुकुन्द क्लबले २५-२१ ले जितेको थियो। दोस्रो सेटमा २५-१५ हुँदै मणिमुकुन्द पुन अगाडि लागेको थियो। तेस्रोमा २५-२१ सेट ल्याएपछि मणिमुकन्द विजयी बनेको थियो।

बिहीबारको सशस्त्र प्रहरी र गल्कोटबिचको खेल भने शीतलहरका कारण स्थगित भयो। खेलमा चौथो सेटको प्रतिस्पर्धा हुँदै गर्दा शीतलहरका कारण खेल स्थगित भएको हो। सम्पन्न भएका सेटहरूमा दुई सेट गल्कोटले र एक सेट सशस्त्र प्रहरीले जितेका थिए। स्थगित खेल प्राविधिक र आयोजक टिम बसेर तय गरिनेछ। मदन भण्डारी स्पोर्टस् एकेडेमीले १६औँ स्थापना दिवसको अवसरमा मदन भण्डारी गोल्डकप रनिङ सिल्ड इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता गरेको हो।

च्याम्पियनसिपमा प्रथम पुरस्कार सात लाख, दाेस्राे पुरस्कार तीन लाख ५० हजार, तेस्राे पुरस्कार एक लाख ७५ हजार, सान्त्वना पुरस्कार एक लाख, उत्कृष्ट खेलाडीका लागि २५ हजार र विधागत पुरस्कार १० हजार रहेको छ।

प्रतियोगितामा एक भारतीयसहित आठ टिम सहभागी छन्।