मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
धार्चे गाउँपालिका–४, लाप्राकमा रहेको कल्चरल होमस्टे । तस्बिर : केशव गुरुङ/नयाँपत्रिका
२०७८ माघ ५ बुधबार १३:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखाका तीनवटा होमस्टेलाई प्रदेश सरकारले ३० लाख प्रदान गर्ने  

Read Time : < 1 मिनेट
२०७८ माघ ५ बुधबार १३:२५:००

गण्डकी प्रदेशको ‘होमस्टे परियोजना’का लागि गोरखाका तीनवटा होमस्टे छनाेट भएका छन् । गण्डकी प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गोरखाका तीनवटासहित ३० वटा होमस्टेलाई ‘होमस्टे परियोजना’का लागि छनोट गरेको छ । प्रदेशभित्रका ६२ वटा होमस्टेले परियोजनाका लागि माग दाबी गरेर पठाएकोमा आइतबार प्रदेशस्तरीय मन्त्रिपरिषद्को निर्णयले ३० वटा होमस्टेलाई परियोजनामा छनोट गरेको हो ।  

गोरखाबाट छनाेट भएकाहरूमा धार्चे गाउँपालिका– ४ लाप्राकमा रहेको कल्चरल होमस्टे, बारपाक सुलिकोट गाउँपालिका– ४ मा रहेको बराह सामुदायिक होमस्टे र पालुङटार नगरपालिका– २ मा रहेको लिगलिगकोट होमस्टे रहेका छन् ।  लाप्राक होमस्टेको अधुरो भवन र शौचालय निर्माण गर्न बाँकी रहेको र अन्य दुईवटा होमस्टेको सामुदायिक भवन निर्माण गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ । छनोटमा परेका तीनवटा होमस्टेलाई प्रतिहोमस्टे १० लाखका दरले ३० लाख नगद अनुदान उपलब्ध गराउनसमेत प्रदेश मन्त्रिपरिषद्ले पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । 

छनोटमा परेका र स्वीकृत भएका होमस्टेहरूलाई सो जानकारी गराई होमस्टेहरूसँग स्वीकृत परियोजना र बजेटको परिधिभित्र रही सम्झौता गरी कार्यक्रम कार्यान्वयन गर्न र निरन्तर अनुगमन तथा मूल्यांकन गर्नसमेत प्रदेश सरकारले मन्त्रालयलाई निर्देशन दिएको छ । यी होमस्टेले पाएको १०–१० लाख अनुदानबाट होमस्टे सुधार र व्यवस्थापनका काम गर्नुपर्नेछ ।