१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ५ बुधबार
  • Friday, 04 July, 2025
२o७८ माघ ५ बुधबार १२:१o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तुलसीपुरमा चोरी गर्ने एक गिरोह पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ५ बुधबार १२:१o:oo

दाङको तुलसीपुरमा चोरी गर्ने गिरोहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुरमा तीनजनाले व्यावसायिक रूपमा चोरी काम गर्ने गरेको र यस क्षेत्रमा हुने अधिकांश चोरीका काम उनीहरूले नै गर्दै आएका थिए । अहिले दुईजनालाई पक्राउ गरेको र एकजनाको खोजी कार्य जारी रहेको उनले बताए । ‘गिरोहमा तीनजना सक्रिय भएको अनुसन्धानबाट खुल्यो, तीमध्ये दुईजनालाई हामीले पक्राउ गरिसकेका छौँ ।  अर्का एकजनाको खोजी कार्य भइरहेको छ,’ उनले भने, ‘अहिले यस क्षेत्रमा जति चोरी हुने गरेका छन्, यी तीनैजना मिलेर गरेको पाइयो ।’ 

पक्राउ पर्नेमा तुलसीपुर– ५ का २० वर्षीय दिलीप परियार र घोराही उपमहानगरपालिका– १०, नारायणपुरनिवासी १९ वर्षीय विशाल परियार रहेका छन् । उनीहरू लामो समयदेखि तुलसीपुर– ६ रजौरामा कोठा भाडामा लिएर बस्दै आएको प्रहरीले जनाएको छ । 

उनीहरूले यस क्षेत्रमा चोरी गर्ने व्यवसाय नै सञ्चालन गरेको पाइएको प्रहरी नायब उपरीक्षक अर्यालको भनाइ छ ।  सिसिक्यामेराको निगरानी र अन्य अनसन्धानबाट उनीहरू शंकास्पद भएपछि इप्रका तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माको नेतृत्वमा गएको प्रहरीले टोलीले कोठामा छापा मार्दा चोरी गरेका विभिन्न सामग्रीहरू भेटिएको र बरामदसमेत गरेको बताए । उनीहरूको कोठाबाट  माछाजस्तो आकार भएको दापसहितको खुकुरी थान एक,  राप्ती खुकुरी उद्योगको स्ट्याम्प छाप थान एक, बच्चाले हातमा लगाउने चाँदीको जस्तो देखिने बाला थान एक, चाँदीको जस्तो देखिने सिक्री थान एक, फलामको हतियार नोख थान एक, फलामको तीन फिट तीन इन्च लामो सरिया थान एक, रा.१प ५४७३ नम्बरको मोटरसाइकलको दर्ता किताब थान एक,  ११९६२१५० नम्बरको ममता डिसी (दाङ)को  राहदानी थान एक,   ०६६२७९०३ नम्बरको चोकमणि गिरी (दाङ) को राहदानी थान एक,  कानमा लगाउने पहेँलो रङको गहना दुई जोडी, पहेँलो रङको मंगलसूत्र थान एक, पहेँलो रङको चुरा थान दुई, लाभा कम्पनीको फुटेको मोबाइल थान एक र बेन्चो कम्पनीको मोबाइल एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । 

अहिले यी सामग्रीका मालिकहरू आएर आफ्नो सामान पहिचान गर्ने गरेकोसमेत  प्रहरी नायब उपरीक्षक अर्यालले बताए । ‘अहिले जुन सामान हामीले बरामद गरेका छौँ, ती सामग्री मेरा  हुन् भन्दै मालिकहरू आउने गर्नुभएको छ,’ उनले भने, ‘यस क्षेत्रमा हरेक चोरीका काम तिनैले गर्ने गरेका छन् ।’ 

उनीहरू यसअघि पनि पक्राउ परेर छुट्ने गरेकोसमेत प्रहरीले बताएको छ । माघीकै दिन राति तुलसीपुरको सल्यान रोडका पसलहरू चोरी गर्नेहरूसमेत उनीहरू नै रहेको प्रहरीले बताएको छ ।  पछिल्लो समय तुलसीपुरमा चोरीका घटना बढिरहेका छन् । चोरी नियन्त्रण कार्य प्रहरीका लागि चुनौती बन्दै गएको छ । उनीहरूलाई पक्राउ गरेपछि चोरीका घटनामा कमी आउन सक्ने प्रहरी नायब उपरीक्षक अर्यालको भनाइ छ ।