मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २९ बिहीबार ०८:४१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

शुक्रबहादुर शीर्षस्थानमै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २९ बिहीबार ०८:४१:००

शुक्रबहादुर राईले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको बुधबार दोस्रो दिन शीर्षस्थान बलियो बनाएका छन् । सूर्य नेपाल गल्फ टुरअन्तर्गत २०२१÷२२ मा शुक्रबहादुरले समग्रमा दुई अन्डर ७० को स्कोर गर्दै शीर्षस्थानमा पकड जमाएका हुन् । उनले अहिलेसम्म सातअन्डर एक सय ३७ को कार्ड लेखाएका छन् । शुक्रबहादुरले दोस्रो स्थानमा रहेका सुवास तामाङविरुद्ध दुई स्ट्रोकको अग्रता लिएका छन् । 

सुवासले दोस्रो दिन पाँच अन्डर एक सय ३९ स्कोर गरेका थिए । यसैगरी, रवि खड्का र भुवन नगरकोटी तेस्रो स्थानमा छन् । रवि र भुवनले चार अन्डर एक सय ४० स्कोर गरेका छन् । पाँचौँ स्थानमा रामे मगरले तीन अन्डर एक सय ४१ स्कोर गरे । एमेच्योर खेलाडी साद्भव आचार्य र नीरज तामाङ संयुक्त रूपमा छैँटौँ स्थानमा रहेका छन् । दुवै खेलाडीले समग्रमा तीन ओभर एक सय ४७ स्कोर गरे ।

राजेन्द्र श्रेष्ठ प्रधान आठौँ स्थानमा छन् । उनले चार ओभर ७६ स्कोर गरे । यसैगरी, दीपक मगर, कृष्णमान राजबहाक तथा धनबहादुर थापा संयुक्त रूपमा नवौँ स्थानमा रहे । प्रतियोगिताको दोस्रो दिन शुक्रबहादुरले उत्कृष्ट सुरुवात गरेका थिए । उनले दोस्रो तथा तेस्रो होलमा बर्डिज निकाल्न सफल भए ।

यसैगरी, छैटौँ होलमा इगल हात पारेका शुक्रबहादुरले सातौँ र आठौँ होलमा बर्डिज प्राप्त गरे । यसैगरी, एमेच्योर खेलाडी सुवासले फ्रन्ट नाइनमा एक बोगी सामना गरे । उनले आठौँ र नवौँ होलमा बर्डिज निकाल्न सफल भए ।

सुवासले ब्याकनाइनको दशौँ र १३औँ होलमा पनि बर्डिज प्राप्त गरेका थिए । रविले दिनको सुरुवातमा बर्डिजबाट गरेका थिए । रामेले फ्रन्ट र ब्याक नाइनमा गरी इभन पार खेली ३६ स्कोर गरेका थिए ।