मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २८ बुधबार
  • Thursday, 19 December, 2024
२o७८ पौष २८ बुधबार १७:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२५ जनाभन्दा बढी भेला नहुन गोरखा जिल्ला प्रशासनको अपिल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २८ बुधबार १७:४९:oo

गोरखाकाे जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला नहुन जिल्लावासीहरूमा अपिल गरेकाे छ । कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण बढेसँगै पूर्वतयारीका लागि सचेत रहन भन्दै जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला नहुन अपिल गरेको हो ।

बुधबार जिल्ला प्रशासन कार्यालय गोरखामा भएको कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठक र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । सरकारी, राजनीतिक, सामाजिक प्रकृतिका २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम नगर्न अपिल गर्ने निर्णय बैठकले गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । २५ जना सहभागी भएर हुने कार्यक्रममा पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पालन गर्न भनिएको छ ।

बैठकले कोरोनाको खोप लगाउन छुटेकालाई स्थानीय तहले खोजी गर्ने र स्वास्थ्य कार्यालयले खोप उपलब्ध गराएर सबैलाई पूर्ण मात्रा खोप सुनिश्चित गर्ने निर्णय गरेको छ । गोरखामा १८ वर्षमाथिका ९७ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने ७५ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् । १२ देखि १७ वर्षका ८९ प्रतिशत बालबालिकाले पहिलो मात्रा खोप लगाएको सरकारी तथ्यांक छ।