१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २८ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २८ बुधबार o६:o३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निर्माणकर्मीलाई शिवम् सिमेन्टको पाँच लाखको बिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २८ बुधबार o६:o३:oo

शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न ५२ स्थानहरूमा रहेका तीन हजार ४५ निर्माणकर्मीसँग निर्माणसम्बन्धी प्राविधिक अन्तक्र्रिया कार्यक्रम गरी उनीहरूको पाँच लाख रुपैयाँबराबरको जोखिम बिमा गराएको छ । 

अन्तरक्रियामा उपस्थित निर्माणकर्मीलाई दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको कम्पनीले जनाएको छ ।

अन्तरक्रियामा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीका लागि पाँच लाख रुपैयाँबराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी सोही कार्यक्रममार्फत हस्तान्तरण गरेको जनाइएको छ । यसका साथै उपस्थित तीन हजार ४५ निर्माणकर्मीलाई ब्याग, टिफिन बक्सजस्ता दैनिक कार्यमा आवश्यक पर्ने सामानहरू पनि हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । 

शिवम् सिमेन्टले विभिन्न चरणमा संखुवासभा, सुनसरी, मोरङ, ओखलढुंगा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गोरखा, तनहुँ, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुरलगायतका जिल्लाहरूको ५२ स्थानमा निर्माण परामर्श कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।  

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित कम्पनीले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री–वितरण गर्दै आएको जनाइएको छ ।