मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २८ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २८ बुधबार o७:१७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीन दिनमै एक सय ४१ अंकले  बढ्यो नेप्से, नाफा बुुक गर्दै लगानीकर्ता

सेयर बजारमा  निरन्तर सुधार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २८ बुधबार o७:१७:oo

सेयर बजार तिरन्तर बढेर तीन दिनमै एक सय ४१ अंकले वृद्धि भएको छ । मंगलबार नेप्से सूूचक ४९ दशमलव १९ अंकले बढेर दुुई हजार आठ सय ३४ दशमलव १३ बिन्दुुमा पुुगेको छ । यससँगै नेप्से सूूचक एक सय ४१ अंकले वृद्धि भएको हो । 

त्यस्तै ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव ३४ अंकले बढेर पाँच सय २८ दशमलव ८७ बिन्दुुमा पुुगेको छ । लगातार नेप्से सूूचक सकारात्मक हुुँदा नाफा बुुक गर्न लगानीकर्ता हतारिएका छन् । फलस्वरूप मंगलबार कारोबार रकम केही घट्न पुुगेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुुई सय ३२ स्क्रिप्टको एक करोड १९ लाख कित्ता–इकाइ सेयर खरिद–बिक्री हुुँदा ६ अर्ब ७२ करोड रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावर कम्पनी, गोर्खाज फाइनान्स, नेपाल लाइफ इस्योरेन्स, नेपाल दूूरसञ्चार कम्पनी, नेपाल पुनर्बिमा कम्पनीको सेयर १६ करोड रुपैयाँदेखि ११ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका उत्पादनमूलक समूूहका सूूचकबाहेक सबै १२ वटा समूूहका सूूचक बढेका छन् । फाइनान्स, विकास बैंक, माइक्रो फाइनान्स समूूहका सूूचकमा लगानीकर्ता आकर्षित भएका छन् । जसमा एक सय ७० वटा स्क्रिप्टको सेयर मूूल्य बढेको छ भने १९ वटा स्क्रिप्टको सेयर मूूल्य घटेको छ । कारोबारमा आएका फाइनान्सका सबै कम्पनीको सेयर मूूल्य बढेको छ भने नेपाल फाइनान्स र पोखरा फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूूल्यमा कारोबार भएको छ ।

 त्यस्तै, जलविद्युुत् समूूहका १६ वटा कम्पनी कारोबारमा आएकोमा १० वटा कम्पनीको सेयर मूूल्य बढेको छ भने मध्यभोटेकोसी जलविद्युुत् कम्पनीको सेयर मूूल्य १० प्रतिशतले बढेर सर्किट मूूल्यमा कारोबार भएको छ । नेप्सेमा सूचीकृत भएर दोस्रो बजारमा कारोबारमा आएदेखि नै यस कम्पनीको सेयर मूूल्यमा सर्किट लाग्दै आएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ ।

यस दिन गुमाउने कम्पनीहरूमा माउन्टेन इनर्जी नेपाल, शिवम् सिमेन्ट, एसबिआई बैंक, रुरु जलविद्युत् परियोजनालगायत छन् । यी कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ ।