१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २७ मंगलबार
  • Friday, 05 July, 2024
तिवारी यादव काठमाडाैं
२o७८ पौष २७ मंगलबार १७:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लालबाबु राउतको सरकार भ्रष्टाचारमा डुब्यो : शंकर पोखरेल

Read Time : < 1 मिनेट
तिवारी यादव, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष २७ मंगलबार १७:४५:oo

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् ।

एमाले पर्साको ८औँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पोखरेलले मुख्यमन्त्री राउत नेतृत्वको सरकारले संघीय सरकारले उपलब्ध गराएको बजेट पनि खर्च गर्न नसकेको आरोप लगाउँदै मधेसमा अहिलेसम्म भएको विकास एमालेबाहेक कसैले गर्न नसकेको दाबी गरे ।

जसपा नेतृत्वको प्रदेश २ सरकार नेपालको सबैभन्दा बढी भ्रष्टाचार र काम गर्न नसक्ने सरकारको रूपमा स्थापित भएको उनले बताए । यसकारण आउने  निर्वाचनमा नेकपा एमाले नै मधेसी जनताको रोजाइको पार्टी हुने पनि बताए । उनले विगतका सरकारले मधेसको लाइफलाइनको रूपमा रहेको हुलाकी सडकलाई ठेक्का लगाएर काम गर्न नसकेपछि एमालेको सरकारले पूरा गरेको उनको भनाइ थियो ।

विभिन्न अवसरवादीका कारण नेकपा एकता टुटेको बताउँदै उनले आउने निर्वाचनमा नेकपा एमाले नै देशको पहिलो शक्तिको रूपमा स्थापित हुने उनले दाबी गरे । 
 
 

ad
ad
ad
ad