१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २७ मंगलबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ पौष २७ मंगलबार १४:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार

विमानस्थलभित्र हुने भिडभाड रोक्न कडाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष २७ मंगलबार १४:२o:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र हुने भिडभाड रोक्न प्रहरीले कडाइ गर्न थालेको छ। आफन्तलाई बिदाइ र स्वागत गर्न जाने भिजिटरका कारण बढी भिड हुने भएकोले प्रहरीले भिजिटरलाई विमानस्थलभित्र छिर्न रोक लगाएको हो। 

त्यस्तै, विमानस्थल परिसरमा भिडभाड गरेर बस्न पनि रोक लगाइएको छ। आफन्तलाई बिदा गर्न वा स्वागत गर्न जानेहरूलाई बाहिरैबाट फर्काउन थालिएको विमानस्थल प्रहरी प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए। उनले कोरोना संक्रमण बढ्ने सम्भावना देखिएपछि कडाइ गरिएको बताए। 

विमानस्थल परिसरमा भौतिक दूरीसहित र स्वास्थ्य मापदण्ड परिपालना गराउन नागरिक उड्ड्यन प्राधिकरणले विमानस्थल कार्यालयलाई निर्देशन दिएको छ। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार केसीले विमानस्थलभित्र हुने भिडभाड रोकिएको बताए। उनले आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलभित्र भौतिक दूरी कायम राख्न निर्देशन दिइएको बताए । उनले भने, ‘अहिलेलाई उडान संख्या पनि धेरै छ, समयमा उडान नहुँदा विमानस्थलमा जहाज कुरेर बस्नेहरूको भिड हुन्छ, केही समयपछि हामीले उडान संख्या घटाउने र भित्री भिडभाडलाई कम गर्ने योजना बनाएका छौँ।’ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पनि परिसरभित्र आफन्तलाई बिदाइ र स्वागत गर्न जाने भिजिटरलाई दिइने पास बन्द गरेको छ। कोरोना संक्रमण बढ्न थालेपछि विमानस्थलले अत्यावश्यकबाहेकका भिजिटर पास बन्द गरेको हो। पछिल्लो समय आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलभित्र भिजिटर पास लिनेको संख्या बढेको छ। विमानस्थल परिसरमा अनावश्यक भिडभाड नगर्न कार्यालयले अनुरोध गरेको छ।

ad
ad
ad
ad