१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २७ मंगलबार
  • Sunday, 29 September, 2024
२o७८ पौष २७ मंगलबार १o:१२:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

हेल्थडेस्कमा कार्यरत स्वास्थ्यकर्मी कोरोना संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २७ मंगलबार १o:१२:oo

नेपाल–भारत सीमानाका जमुनाहस्थित हेल्थ डेस्कमा कार्यरत तीन स्वास्थ्यकर्मीसहित चारजनालाई कोरोना संक्रमण भएको छ । हेल्थडेस्कमा कार्यरत एक ल्याब टेक्निसियन, दुई अहेव तथा एक कार्यालय सहयोगीलाई संक्रमण देखिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) का फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

उनका अनुसार, ल्याब टेक्निसियन श्रीमण आचार्य, सिनियर अहेव रामबहादुर शाही, अहेव हेमन्त राना र कार्यालय सहयोगी बुद्धिराम चौधरीलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए । संक्रमित स्वास्थ्यकर्मीलाई सामान्य रुघाखोकीको लक्षण देखिएको छ, सबैको अवस्था सामान्य छ,’ उनले भने । 

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि स्वाब टेस्ट गर्न जनशक्ति अभाव हुने भएको छ । नाकास्थित हेल्थ डेस्कमा १५ जना स्वास्थ्यकर्मी खटिएका छन् । ‘एक त पहिले पनि स्वास्थ्यकर्मी अपुग थिए, त्यसैमा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ । अब जनशक्ति अभाव हुने नै भयो,’ उनले भने । 

यसैबीच भारतबाट आउने नेपालीको कोरोना जाँच गर्दा ३७ जनामा कोरोना पुष्टि भएको छ । जमुनाह नाकास्थित हेल्थ डेस्कमा एन्टिजेन प्रविधिमार्फत कोरोना जाँच गर्दा ३७ जनामा कोरोना पुष्टि भएको ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले बताए ।